विदेशी खुपिया एजेन्सीलाई सूचना दिएको आरोपमा पाकिस्तानमा दुई उच्च सैन्य अधिकारीलाई मृत्युदण्ड


एजेन्सी – पाकिस्तानमा दुईजना उच्च सैन्य अधिकारीलाई मृत्युदण्ड दिइएको छ । राष्ट्रिय सुरक्षासँग जोडिएका गम्भीर विषयमा विदेशी खुपिया एजेन्सीलाई सूचना दिएको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिएको पाकिस्तानी सेनाका प्रवक्ता जनरल गफूरले जानकारी दिएको बीबीसी हिन्दीले बताएको छ ।

बीबीसी हिन्दीका अनुसार पाकिस्तानी सेनाको उच्च पदमा विभिन्न जिम्मेवारी सम्हालिसेका रिटायर्ड दुईजना सैन्य अधिकारीलाई मृत्यु दण्ड दिइएको हो । पाकिस्तानी सेनामा यस्तो मृत्युदण्ड नभए पनि सेनाले यसरी सार्वजनिक गरेको भने पहिलो घटना भएको बीबीसीले जनाएको छ । रिटायर्ड लेफ्टिनेन्ट जनरल जावेद इकबाललाई १४ वर्षको सश्रम कारावासको सजाय दिइएको छ ।

अर्का सैन्य अधिकृत रिटायर्ड ब्रिगेडियर रजा रिजवानलाई मृत्युदण्ड दिइएको छ । उनी जर्मनीस्थित पाकिस्तानी दूतावासमा मिलिटरी अधिकारीका रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनले संवेदनशील सूचना चुहावट गरेको आरोप छ । सो आरोपमा उनलाई मृत्युदण्ड दिइएको हो ।

यस्तै डा वसीम अकरमलाई पनि मृत्युदण्ड दिइएको छ । उनी सिविलियन अफिसर थिए । पाकिस्तानी सेनाका अनुसार उनी एक संवेदनशील संस्थामा काम गरिरहेका थिए । उनीमाथि अन्य देशका खुफिया एजेन्सीलाई संवेदनशील सूचना दिएको आरोप थियो ।

पाकिस्तानमा यसअघि २०१२ मा पनि यसप्रकारको सजाय दिइएको थियो । त्यतिबेला सेनाका केही उच्च अधिकारीलाई आतंकवादी संगठनसँग साँठगाठ गरेको आरोपमा यस्तो सजाय दिइएको थियो । पाकिस्तानी सेनाले पछिल्ला दिनमा दिइएका सजाय गोपनीताको कानुनअनुसार भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement