नेपालमा विदेशी टेलिभिजन च्यानल बन्द


काठमाडौं – नेपालमा प्रसारण हुने विदेशीे टेलिभिजन च्यानल बन्द भएका छन् ।

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु २४ घण्टका लागि बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।

महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म च्यानलहरु बन्द हुनेछन् । विज्ञापनरहित च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ ।

नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement