काठमाण्डु – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य पदमा इञ्जिनीयर रोहित पौडेल नियुक्त भएका छन् ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोमबार प्राधिकरण सञ्चालक समितिको सदस्यमा पौडेललाई नियुक्त गरेका हुन् ।
नवनियुक्त सदस्य पौडेल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का वासिन्दा हुन् । मन्त्री खड्काले पौडेललाई उद्योग, वाणिज्य तथा वित्त क्षेत्रबाट सदस्यमा नियुक्त गरेका जनाइएको छ ।
काठमाण्डु विश्वविद्यालयबाट वित्त र परियोजना व्यवस्थापनमा स्नातकोत्तर पौडेल पेसिडेन्सियल ग्राजुएट स्कूलको परियोजना व्यवस्थापन विषयमा प्राध्यापन गर्दै आएका थिए ।
प्रतिक्रिया