पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा उपराष्ट्रपति हानसँग भेटवार्ता हुने

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा उपराष्ट्रपति हानसँग भेटवार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीन भ्रमणमा जान लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उपराष्ट्रपति हान चेङसँग भेटवार्ता हुने भएको छ ।

बेइजिङमा आयोजना हुने पूर्वराष्ट्रप्रमुखहरूको अन्तरराष्ट्रिय सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीले दिएको निमन्त्रणामा उनी चीन जान लागेकी हुन् ।

बेइजिङ र लान्चाओमा पूर्वराष्ट्रपति भण्डारीको १ हप्ता लामो भ्रमण कार्यक्रम तय भएको छ । उनी जेठ १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

बेइजिङमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर उनी कान्सु प्रान्तको राजधानी लान्चाओ जानेछिन्, जहाँ चिनियाँ उपराष्ट्रपति हानसँग भेटवार्ता हुनेछ ।

पूर्वराष्ट्रपतिको भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा, डा. कैलाश भण्डारी, भेषराज आचार्य र विनय केसी छन् ।

पूर्वराष्ट्रपति भण्डारी यसअघि राष्ट्रपति हुँदा २०१९ मा चीनको राजकीय भ्रमणमा गएकी थिइन् । भण्डारी चीनले आयोजना गरेको दोस्रो बेल्ट एण्ड रोड फोरमा भाग लिन बेइजिङ पुगेकी थिइन् । उनले भ्रमणको बेला चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेकी थिइन् ।