साग आयोजकलाई धन्यवाद दिँदा राष्ट्रपतिबाट गल्ती !


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजकलाई धन्यवाद दिने क्रम जारी छ । प्रधानमन्त्री, राष्ट्रपति र पूर्वराजालेसमेत धन्यवाद दिएका छन् । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको धन्यवादमा भने गल्ती गरेकी छन् ।

मंगलबार सम्पन्न भएको साग आयोजना गरेकोमा राष्ट्रपिति भण्डारीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई धन्यवाद भन्‍नुपर्नेमा नेपाल खेलकुद परिषद्लाई धन्यवाद भनेकी छन् ।

‘१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिक बधाई ! सागको सफल आयोजनाका लागि नेपाल खेलकुद परिषद्, प्रशिक्षक र निर्णायक सबैलाई धन्यवाद’, राष्ट्रपतिको ट्वीटर ह्याण्डलमा भनिएको छ, ‘यस खेलले दक्षिण एसियाली मुलुक र जनताबीच रहेको सुमधुर सम्बन्ध थप प्रगाढ भएको महसुस गरेको छु ।’

सागको सफल आयोजनामा राष्ट्रिय खेलकुद परिषद्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । नेपाल खेलकुद परिषद् नेपाल सरकारको आधिकारिक संस्था होइन ।

प्रतिक्रिया दिनुहोस
Advertisement