जीवनको क्षतिपूर्ति हुन सक्दैनः राष्ट्रपति भण्डारी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मानिसको जीवन रक्षा सरकारको सर्वोच्च कर्तव्य भएको बताएकी छन् ।

संघीय संसद्को संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले विश्व समुदाय अदृष्य दुस्मनकाविरुद्ध लडिरहेको बताएकी हुन् ।

‘कोभिड– १९ का कारण परेको आर्थिक क्षतिको पूर्ति होला, तर गुमेको मानव जीवनको क्षतिपूर्ति हुन सक्दैन । यो बेला मानिसको जीवनरक्षा सरकारको सर्वोच्च कर्तव्य हुन आउँछ,’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले जनमतको सम्मान हुने बताएकी छिन् ।

उनले दलहरुलाई जनादेशअनुसार भूमिका खेल्न, नेतृत्वको क्षमता विकास, विकासप्रति जिम्मेवार उत्तरदायी बनाउने बताइन् ।

‘यसले लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउँछ । यो सरकारको नीति स्पष्ट छ। कार्यान्वय परिणाममुखी छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement