सरकारले कोरोनाबाट कसैको ज्यान जान दिँदैनः राष्ट्रपति भण्डारी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस शताब्दीकै ठूलो महामारीका रुपमा आएको बताएकी छन् ।

संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यसबाट बच्न स्वास्थ्य सेवालाई चुस्त बनाउनुपर्ने आवश्यकता देखिएको बताउकी छन् ।

कोरोनाबाट हुने आर्थिक क्षतिको पूर्तिलाई आउँदो दिनमा अन्वेषण गरेर पूरा गर्न सकिने बताइन् । यो महामारीबाट कसैको ज्यान जान नदिने उनले बताएकी छन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को संक्रमण रोकथाममा सरकार प्रभावकारी रहेको र थप कदम चाल्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालमा कानुनी शासन बलियो बन्दै गएको बताइन् । उनले भ्रष्टाचारीले उन्मुक्ति पाएका पाउने दिन गएको र यो सरकारले भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाएको दाबी गरेकी छन् ।

‘कानुनी शासन स्थापित भएको छ । नागरिकले मौलिक हक अनुसारको सेवा सुविधा राज्यबाट पाएका छन्’, राष्ट्रपति भण्डारीले भनिन् ।

उनले २०९९ सालसम्म समुन्न्त नेपाल बनाउने गरी आधार तयार भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement