राष्ट्रपतिले दुई महिनाको तलब र दसैं खर्च कोरोना कोषमा जम्मा गर्ने


काठमाण्डु – राष्ट्रपति विद्या भण्डारीले दसैं खर्च र दुई महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार काषमा जम्मा गर्ने भएकी छन् ।

प्रवक्ता हरि प्रसाद दहालकाअनुसार राष्ट्रपति भण्डारीले सरकारले स्थापना गरेको कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम जम्मा गर्ने घोषाणा गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरुले पनि दसैंवापतको खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement