राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षीको सन्देशः नेकपा फुट्नु हुँदैन


काठमाण्डु – चिनियाँ प्रतिनिधि मण्डल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

आइतबार काठमाण्डु अवतरण गरेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली राष्ट्रपति भेट्न शितलनिवास पुगेको थियो ।

भेटवार्ता पछिल्लो समय फूटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे केन्द्रीत रहेको बताइएको छ ।

उक्त टोली चिनियाँ राष्ट्रपति सी चिनफिनको सन्देश बोकेर शीतल निवास पुगेको थियो । राष्ट्रपति सीले सन्देशमा आफू एकताको पक्षमा रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रपति भण्डारीलाई नेकपाको विवाद समाधानका लागि पहल गरिदिन पनि आग्रह गरेका छन् ।

राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement