राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो ४ बजे शीतल निवासमा दलका नेताहरुलाई बोलाएकी हन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

पछिल्लो समय सत्ता समिकरणको खेल भइरहेका बेला राष्ट्रपति भण्डारीको उक्त बैठकलाई महत्वका साथ हेरिएको छ ।