राष्ट्रपतिलाई राजपाको आग्रहः अध्यादेश छिटो पारित गर्नोस्

राष्ट्रपतिलाई राजपाको आग्रहः अध्यादेश छिटो पारित गर्नोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश तत्काल पारित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ।

 

 

मंगलबार बेलुका शितलनिवासमा भएको भेटमा राजपा अध्यक्ष मण्डलका नेताहरूले अध्यादेश पारित गरेर राजनीतिक निकासको ढोका खोल्न राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन्।
राष्ट्रपतिलाई भेट्न राजपा अध्यक्ष मण्डलका पाँच जना नेता शितल निवास पुगेका थिए।

 

 

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा निर्वाचन अध्यादेश राजपा नेपालका नेतासँग राय मागेकी थिइन्।

 

 

सरकारले करिब ३ महिना अगाडि राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो।

 

तर, परामर्शका लागि भन्दै राष्ट्रपतिले रोकेर राखेपछि राष्ट्रियसभा गठनसँगै नयाँ सरकार गठनको प्रक्रिया रोकिएको छ।्राष्ट्रपतिले यसअघि एमाले, कांग्रेस र माओवादीका नेताहरुसँग परामर्श गरिसकेकी छन्।