बंगलादेशका राष्ट्रपति स्वदेश फर्किए, भण्डारीले गरिन विदाई


काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गरेकी हुन् ।

उनलाई विदाइ गर्न गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए । त्यसैगरी उच्चपदस्थ अधिकारीहरु पनि विदाइमा सहभागी भएका थिए । राष्ट्रपति हमिदको विदाइको अवसरमा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

मंगलबार नेपाल भ्रमणका लागि काठमाडौं आएका राष्ट्रपति हमिदले बुधबार समकक्षी राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए ।

उनले बिहीबार पर्यटकियनगरी पोखराको अवलोकन भ्रमण गरेका थिए भने मंगलबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement