राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन अन्त्य


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आजै अपरान्हदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रिपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

बर्खे अधिवेशन अन्तर्गत राष्ट्रियसभाको अन्तिम बैठक आजै बसिरहेको छ । आजै पहिलो पटक बसेर राष्ट्रियसभा स्थगित भएको छ । माथिल्लो सदनको बैठक आजै दोस्रो पटक बसेर अन्त्य हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement