प्राधिकरणकाे गत आर्थिक वर्षकाे खुद नाफा १३ अर्ब ३१ करोड, सञ्चित नाफा ४७ अर्ब

प्राधिकरणकाे गत आर्थिक वर्षकाे खुद नाफा १३ अर्ब ३१ करोड, सञ्चित नाफा ४७ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले (दोस्रो पटक) ३ वर्षे कार्यकालको विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै सञ्चित नाफा ४७ अर्ब ४१ करोड पुगेको जानकारी दिएका हुन् ।

८ वर्षअघि सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

२०७२÷७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आर्थिक वर्ष ०७३÷७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्राधिरणले गत आर्थिक वर्ष ०८०÷८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

प्राधिकरणको आम्दानी १ खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ ।

देशभरी रहेको जग्गाहरुको एकिन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको छ ।

यसअवधिमा विद्युतको महसुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा बृद्धि नै भइरहेको छ । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको छ ।

विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पूँजिगत लगानी गरेको छ । ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।