पूर्वराष्ट्रपति भण्डारी चीनमा आज विशेष सम्बोधन गर्दै

पूर्वराष्ट्रपति भण्डारी चीनमा आज विशेष सम्बोधन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘सभ्यता बीचको विनिमय र पारस्परिक शिक्षासम्बन्धी’ चौथो संवाद कार्यक्रममा सम्बोधन गर्ने भएकी छन् ।

चीनको गान्सुमा शुक्रबार र शनिबार हुने संवाद कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीका साथै अन्य विदेशी विशिष्ट अतिथिहरूले पनि सम्बोधन गर्नेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा हुने संवाद कार्यक्रमा गणतन्त्र चीनका उपराष्ट्रपति हान झेङका साथै चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ जियानचाओले सम्बोधन गर्नेछन् ।

यसका साथै बोत्सवानाको राष्ट्रिय सभाका सभामुख डिथापेलो केओरापेत्से, चीनको १३औँ राष्ट्रिय जन कङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष जी बिङ्शुआन, लाओसका राष्ट्रिय सभाका उपाध्यक्ष सोम्माड फोलसेना, चिनियाँ कम्युनिष्ट पार्टी गान्सु प्रान्तीय समितिका सचिव हु चाङशेङसहितले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।