काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । चीनको १० दिने भ्रमण सकाएर भण्डारी सोमबार स्वदेश फर्किएकी हुन् । चीन भ्रमणको क्रममा उनलाई चिनियाँ सरकारले उच्च सम्मान दिएको थियो ।
उनलाई नेपालको वरिष्ठ वामपन्थी नेताको हैसियतमा चीनका उच्चपदस्थ नेताहरूले सम्मान प्रदान गरेका थिए । चिनियाँहरुले भण्डारीलाई नेपालका वामपन्थीहरुलाई एकताबद्ध गर्नसमेत सुझाव दिएका समाचार छन् ।
भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ नेताहरूसँग उच्चस्तरीय भेटवार्ता पनि गरेकी थिएन् ।
चिनियाँ उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखलगायत शीर्ष तहको भेट भएको थियो ।
भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारीको उच्चस्तरीय भेटवार्ता पनि भएको एमालेका नेता तथा उद्योग मन्त्री दामोदर भण्डारीले बताए ।
भ्रमणले नेपाल चीनको लामो समयदेखिको मित्रलाई सुदृढ गर्ने र दुई देशबीचका सम्झौताहरू पुनर्ताजकी गरेको बताए । उनले भ्रमण उपलब्धिमूलक भएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले पूर्वउपराष्ट्रपतिका रूपमा भण्डारीलाई चीनमा उच्च सम्मान प्राप्त भएको बताए ।
एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको यो भ्रमणमा सरकार र पार्टी दुवैको प्रतिनिधित्व भएकाले त्यसैअनुसार चिनियाँपक्षबाट आपसी सम्बन्ध बलियो बनाउने दिशामा सकरात्मक सन्देश पाएको मन्त्री भण्डारीले बताए ।
उनले नेपालमा चर्चा चलेजस्तो एमाले र माओवादी केन्द्रलगायतका कम्युनिस्ट पार्टीको एकता चीनले चाहेको भन्ने विषय नआएको दाबी गरे । उनले उच्चस्तरीय वार्ताहरूमा द्विपक्षी हितका विषयमा मात्र कुरा भएको उल्लेख गरे । उनले आर्थिक कूटनीतिलाई बलियो बनाउन यो भ्रमण सफल भएको दाबी गरे । उनले यो भ्रमण सद्भाव भ्रमण मात्र भएको पनि बताए ।
मन्त्री भण्डारीले नेपालमा बलियो गठबन्धनको सरकार रहेकोमा चिनियाँपक्ष खुसी रहेको आफूले पाएको बताए ।
पूर्वराष्ट्रपति भण्डारीले पत्रकारहरूले सोधेको प्रश्नमा भ्रमण राम्रो भएको प्रतिक्रिया दिइन् ।
भण्डारी यही जेठ १० गते एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी थिइन् । भ्रमण दलमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी र नेता कर्णबहादुर थापालगायत थिए ।
प्रतिक्रिया