एमालेका कार्यकर्तालाई भेट्न अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

एमालेका कार्यकर्तालाई भेट्न अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका कार्यकर्ताहरूसँग भेटघाट गर्न पार्टीसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन्।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले एमालेका कार्यक्रमहरूमा सहभागी हुन र नेता तथा कार्यकर्तासँग भेट गर्न अनुमति आवश्यक नभएको बताएकी हुन्।

‘राष्ट्रपति हुनुभन्दा पहिले र संगठित सदस्यता लिनुभन्दा अघिदेखि नै पार्टीमा काम गरेको हुँ’, उनले भनिन्, ‘चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ ।’

उनले राष्ट्रिय आकांक्षालाई साकार बनाउन सबै लाग्नु पर्ने पनि बताइन् । ‘त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ । नयाँ पुस्ताका लागि देशका लागि। त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन’, उनले भनिन् ।