विद्या श्रेष्ठले छाडिन् उज्यालो नेपाल पार्टी

विद्या श्रेष्ठले छाडिन् उज्यालो नेपाल पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा दिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफूले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएको उनले घोषणा गरेकी हुन् । हेटौडामा भएको सडक विस्तारको विरोध गर्दै उनले राजीनामा दिएको जनाएकी हुन् ।

सडक विस्तारमा सरकारले बल प्रयोग गरेर मानवअधिकार विरोधी काम गरेको उनको टिप्पणी छ । ‘म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन । म हेटौडा पीडितको साथ छु’, उनले लेखेकी हुन् ।