काठमाण्डु- अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) को पहिलो शिखर सम्मेलन स्थगित गरिएको छ। आगामी १ जुन २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजना गर्ने तयारी गरिएको उक्त सम्मेलन स्थगित भएको हो ।
यो सम्मेलन चौथो भारत–अफ्रिका फोरम शिखर सम्मेलनसँग संयुक्त रूपमा आयोजना गरिने योजना थियो। अफ्रिकी संघका अध्यक्ष तथा अफ्रिकी संघ आयोगसँगको परामर्शपछि भारत-अफ्रिका फोरम शिखर सम्मेलनलाई पछि सार्ने निर्णय गरिएसँगै आईबीसीएको शिखर सम्मेलन पनि स्थगित गरिएको हो।
भारतले जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण तथा दिगो विकासका साझा उद्देश्यहरूमा सबै साझेदार राष्ट्रसँग सहकार्य जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ।
उक्त सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई पनि निमन्त्रणा गरिएको थियो ।




प्रतिक्रिया