बालुवाटार जग्गा प्रकरणः विजयकुमार गच्छदार सांसदबाट निलम्बित


काठमाडौं – बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारको संसद पद स्वतः निलम्बित भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदारको संसद पद स्वतः निलम्बनमा परेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर भएपछि संसद्को पद स्वतः निलम्बनमा पर्ने उल्लेख गरेको छ ।

अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि मुद्दा अन्तिम किनारा नलागेसम्म संसदको हैसियतमा उनी प्रतिनिधिसभामा जान पाउने छैनन् । अदालतबाट गच्छदार दोषी ठहरिए गच्छदार सम्पूर्ण राजनीति जिम्मेवारीबाट मुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement