प्रत्यर्पणको फैसलालाई चुनौती दिन लन्डन उच्च अदालत पुगे विजय माल्या


एजेन्सी – भगौडा रक्सी व्यापारी विजय माल्याको प्रत्यर्पणको मामिलामा मंगलबारदेखि सुनुवाई सुरु भइरहेको छ । यो सुनवाई लन्डन हाईकोर्टमा तीन दिनसम्म चल्नेछ ।

यो भन्दा पहिले २०१८ को डिसेम्बरमा लन्डनको मष्जिस्ट्रेट कोर्टले भगौडा उद्योगपति विजय माल्यालाई बेलातयबाट भारत प्रत्यर्पित गर्नका लागि भनेको थियो । धोखाघडी तथा मनी लन्ड्रिङको आरोपको सामना गरिरहेका रक्सी कारोबारी विजय माल्याले यो पैmसलाको बिरुद्धमा हाईकोर्टमा चुनौती दिएका छन् ।

मंगलबार विजय माल्या अदालत पुगेपछि उनले यो मुद्धाको विषयमा केही पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । उनले मीडियालाई भने, ‘नयाँ वर्षको धेरै धेरै शुभकामना । तपाईहरु सबैलाई याहाँ देखेर खुसी लागेको छ । म यो मुद्धाको विषयलाई लिएर कुनै टिप्पणी गर्न सक्दिन । म याहाँ केबल सुन्न आएको छु ।’

यसैगरी माल्याका वकिलले मजिस्ट्रेट अदालतको आदेशम केही त्रुटि भएको दावी गरेका छन् । क्लेयर मोन्टगोमेरीले आफ्नो भनाई राख्दै भनेका छन्, ‘माल्याले जब आफ्नो किङफिसर एयरलायन्सकोका लागि केही कर्जा मागेका थिए, उनमा कुनै धोखाघडीको मनसाय थिएन ।’

माल्याको वकिलले भनेका छन्, ‘उनी रातारात भाग्ने व्यक्ति थिएनन् । उनी बिलकुल एक समृद्ध व्यक्ति थिए र उनले कुनै धोखाघडीको व्यवसाय गरेका थिएनन् । उनले प्रतिष्ठित एयरलायन्स चलाइरहेका थिए । तर अन्य भारतीय एयरलायन्स जस्त आर्थिक दुर्भाग्यको शिकार भएका थिए ।’

माल्याको बिरुद्धमा २०१७ मा प्रत्यर्पणको कारबाही सुरु गरिएको थियो । यसको उनले बिरोध गरेका थिए र हाल उनी जमानतमा लन्डनमा रहेका छन् ।

वेस्टमिनिस्टर मजिस्ट्रेटको अदालतले २०१८ को डिसेम्बरमा उनको प्रत्यर्पणको आदेश दिएपछि माल्या उच्च न्यायालय पुगेका हुन् ।

६३ वर्षीय माल्या ९००० करोड भारुको कर्जा तिर्न असफल भएपछि २०१६ को मार्च मा भारतबाट पलायन भएका थिए । उनले हाल सञ्चालनमा नरहेको किङफिसरको नामबाट कर्जा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement