जनस्वास्थ्य संघको केन्द्रीय सदस्यमा मल्लको उम्मेद्वारी


काठमाण्डु – युवा जनस्वास्थ्यकर्मी विकेश मल्लले जनस्वास्थ्य संघको केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएका छन् ।

स्वास्थ्य सेवालाई गुणस्तरिय, सर्वसुलभ र व्यवस्थित बनाई सर्वसाधारण जनताको स्वास्थ्य स्थितिलाई अधिकतम स्वस्थ अबस्थामा पुर्याउने उदेश्यकालागि आफ्नो उमेद्वारी रहेको मल्लले बताए । मल्ल कोभीड महामारीको सुरुवाती विभिन्न सरकारी तथा गैरसरकरी संघ संस्थासंग आवद्ध रही महामारी व्यवस्थापनमा काम गरेका थिए ।

जनस्वास्थ्य संघको चुनाव यही पुस २४ गते सात वटै प्रदेशको राजधानी र एक काठमाण्डु गरी आठ ठाउँबाट एकै समयमा बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement