पिपरा गाउँपालिकामा नेकपाले विक्रम चौधरीलाई बनायो उम्मेदवार


जनकपुरधाम – महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि आगामी मंसिर १४ गते हुने स्थानिय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विक्रम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीलाई नेकपाले आगामी उपनिर्वाचनको उम्मेदवार बनाएको हो । उनले बुधवार उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्षमा निर्वाचन विनोद चौधरीको मृत्यु भएपछि गाउँपालिकामा उपनिर्वाचन हुन लागेको छ । स्थानीय तह उपनिर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement