दुई वर्षपछि बिल गेट्स बने संसारकै सबैभन्दा धनी व्यक्ति


एजेन्सी – माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीमा परेका छन् । ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार ६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ ।

सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए । तर, अहिले भने उनी दोस्रो नम्बरमा परेका छन् । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको ब्लुम्बर्गले जनाएको छ । यस्तै, धनीको तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट परेका छन् । उनको सम्पती १ सय ३ अर्ब अमेरिकी डलर छ ।

८६ अर्बसहित चौथो स्थानमा वारेन वफे छन् भने फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५.५ अर्ब डलर सहित पाँचौ स्थानमा पुगेका छन् । माइक्रोसफ्टको शेयर पछिल्लो समय बढेकाले गेट्सलाई फाइदा पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement