भगवान कति मौन तिमी आशिस अब देऊ : बिमला भुसाल


थरीथरीको रोग अनि थरीथरी सोक ।
जालझेल पारी यो दैवले लान्छ परलोक  । ।
सधैं भरि दिने भयो अनेक थरि सोक ।।।

भुकम्पले हल्लाउंछ सधै त्रसित पार्छ।
कोरोना छ अर्को झनै रोजी रोजी मार्छ । ।
बाढी आयो उर्लिएर सक्यो गाउँ बस्ती ।
कहिलेसम्म सहने होला हामीले यस्तो सास्ती । ।

खान नपाई लडेकालाई कस्ले गाँस दिन्छ ।
जताततै बाढी पहिरो कहाँ बास मिल्छ ।।
कहिलेसम्म भर्नु पेट सधैं थाल थापी।
यो दैवको रूप अनेक झनै धेरै पापी।।

र्बिसदा एउटा पिडा अर्को रुपमा आउंछ।
सधै रुवाएर यस्ले खोइ के पो पाउंछ ।।
सधै रुवाउने यो दैवको खेल पनि कस्तो ।
अमुल्य भन्थ्यौँ जिवनलाई पारि दियो सस्तो ।।

भगवान कति मौन तिमी आशिस अब देऊ ।
भन्देउ दैवलाई अब यसरी कसैको काल नलेऊ ।।
भन्देउ दैवलाई अब यसरी कसैको काल नलेऊ ।।
कसैको काल नलेऊ ।।

प्रतिक्रिया दिनुहोस
Advertisement