देश बनाउने कर्णधार अकालमै मरे-विमला भुषाल


नेता तिम्रो विरुद्‌मा जुट्छौ हामी सबै ।
तिमीलाई खुवाउन मानवताको दबै।।
नेता तिम्रो विरुद्‌मा जुट्छौँ हामी सबै ।।

कुहिएको एउटा फलले वरिपरी गनाउछ ।
त्यस्तो नेता चाहियो जस्ले देश बनाउछ ।।
त्यस्तो नेता चाहियो जस्ले देश बनाउछ ।।

तिम्रो लागि मात्र सधै खुसीको भकारी बान्यौ ।
चाहिने तिमीलाई जनता नै हो सधैं पराइ ठान्यौ ॥
चाहिने तिमीलाई जनता नै हो सधैं पराइ ठान्यौ ॥

नेता तिमीलाई सधैं भरि जनता काम लाग्छ ।
थाहा छैन तिम्रो मनमा कहिले दया जाग्छ ।।
थाहा छैन तिम्रो मनमा कहिले दया जाग्छ ।।

तिम्रो आज शिर ठाडो त्यहीं जनताले गर्दा
तिम्रो सजाय होला एकदिन जनता भोकै मार्दा।।
तिम्रो सजाय होला एकदिन जनता भोकै मार्दा।।

आज तिम्रो पद ठूलो मान सम्मान पाछौ।
सोच तिमी त्यो ठाउँमा कस्ले गर्दा गाछौ।।
सोच तिमी त्यो ठाउँमा कस्ले गर्दा भाछौ।।

हाम्रो हाम्रो भन्दा भन्दै राम्रो पछि परे ।
देश बनाउने कर्णधार अकालमै मरे ।।
देश बनाउने कर्णधार अकालमै मरे ।।

प्रतिक्रिया दिनुहोस