प्रदेशसभा सदस्य विमला वलीले लिइन सपथ


दाङ – दाङ क्षेत्र नम्वर ३ (ख) बाट नवनिवार्चित प्रदेश सभा सदस्य विमला खत्री वलीले बुधबार सपथ लिएकी छन् ।

प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित प्रदेशसभा सदस्य वलीलाई सपथ ग्रहण गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट वली गत मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई हराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement