एकाबिहानै ‘प्रेमी’को घरमा छिरेर के-के गरिन् मन्त्री विमला वलीले ? यस्तो छ एकराजकी श्रीमतीको बयान


काठमाण्डु – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित एकराज बस्नेतको घरभित्रै पसेर कुटपिट गरेपछि मन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एकराजकी श्रीमती मीना भण्डारीले बिमलाले घरभित्रै पसेर आफु र छोरीलाई कुटपिट गरेको, झ्यालको पर्दा च्यातिदिएको, लत्ताकपडासमेत फालिदिएको प्रहरीलाई बताएकी छन् ।

यस्तो छ मीनाको बयान :

‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ । को रहेछ भनेर गएँ । बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ ‘मेरो एकराज खोइ ?’ भन्दै पर्दाहरु तानेर छिनाइ । झुल पनि तानेर फाली । ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिइई। अनि मलाई गालामा हानी । मेरो लुगा पनि च्यातचुत पारी । अर्को कोठामा गएर नानीलाई पनि हानिछे । नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई । अहिले रोइरहेकी छे । उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई ।’

घटना हुँदा एकराज घरमा थिएनन् । विमलाले घरमा तान्डव मच्याउन थालेपछि मीनाले जेठाजुलाई फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् । त्यसपछि आफन्तहरुले विमलालाई कोठामा थुनेर प्रहरीलाई घटनास्थल बोलाएका थिए ।

गत वर्षको भदौमा विमला र एकराजको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । विमलाले चुम्बन गरिरहेको फोटो फेसबुक स्टोरीमा एकराज आफैले पोष्ट गरेका थिए । तर विमला र एकराजले उक्त तस्वीर फोटोसप गरिएको दावी गरेका थिए ।

साथै विमलाले एकराज आफ्नो भाइ पर्ने बताएकी थिइन् । विमलाका श्रीमान उत्तर कुमार वलीको भने केही समयअघि सडक दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि विमला एकराजसँग नजिकिएकी हुन् ।

अर्का प्रत्यक्षदर्शी प्रेम गिरीकाे बयान :

बिमलाजी बिहान ८ बजेतिर मन्त्रीको गाडीमै झण्डा हल्लाउँदै आउनुभएको थियो । हामी पनि मन्त्रीज्यु आउनुभयो भन्दै बाहिर निस्कियौं ।

तर, उहाँ सिधै एकराजको घरमा पस्नुभयो। उहाँ पसेको केही समयमै भित्र झगडा हुन थाल्यो। भित्र होहल्ला भएपछि मलगायत केही साथीहरु एकराजको घरमा गयौं।

बिमला भुईँतलाको बेडरुममा हुनुहुन्थ्यो। हामी जाँदा एकराजकी श्रीमती मीनाले मलाई हातपात गर्यो भन्नुहुन्थ्यो। तर, हामीले कुटपिट गरेकोचाहिँ देखेनौं।

बिमला बसेको ढोकामा उहाँको ड्राइभर हो कि गार्ड हो, थिए । उनले हामीलाई भित्र बिमला भएको कोठामा जानै दिएनन्। मैले बाहिरबाटै अनुरोध गरेँ।

तपाई यसरी आउनु राम्रो कुरा होइन। अहिले भीड जम्मा भएपछि तपाईको बेइज्यत हुन्छ। तपाई यहाँबाट निस्किहाल्नुस् भनेर अनुरोध गरेँ। उहाँले मलाई पनि एकराजलाई ल्याएर आउनुस् अनि बल्ल म निस्कन्छु भन्नुभयो।

एकराज कहाँ छन्, हामीलाई पनि थाहा छैन। तपाई जतिसक्दो चाँडो जानु नै राम्रो हुन्छ भन्दा पनि उहाँले मान्नुभएन। त्यतिबेला ५०–६० जना मान्छे जम्मा भइसकेका थिए।

बाहिर जम्मा भएको भीडले यसलाई कालोमोसो दल्ने भन्न थाले। त्यसपछि मैले इलाका प्रहरी कार्यालयका डीएसपी साबसँग कुरा गरेँ। डीएसपी साबले आधाघण्टा भन्दा पछि मात्रै प्रहरी पठाउनुभयो। उहाँले मैले भन्नासाथ प्रहरी पठाइदिएको भए यो बबाल केही पनि हुन्थेन। पछि मान्छे थपिँदै गए।

प्रहरी आइसकेपछिभित्रैबाट उहाँलाई सुरक्षा दिएर उहाँलाई गाडीमा लग्यो। एकराज जीचाहिँ पाल्पातिर गएका छन् भन्ने सुनेका छौं।

पहिले पनि एकराजले सिन्दुर हालेको फोटो भाइरल भएको थियो। चुनावी प्रपोगाण्ड भनेर त्यतिबेला ढाकछोप गरिएको थियो। अहिले तपाईको एकराज को हो भनेर सोध्दा मेरो श्रीमान हो भन्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement