‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटेपछि मन्त्री विमला वली पक्राउ


काठमाण्डु – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छन् । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित एकराज बस्नेतको बिहान घरभित्रै पसेर कुटपिट गरेपछि मन्त्री वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

मन्त्री वलीले बस्नेतकी श्रीमती मीना भण्डारी र उनका छोरीमाथि हातपात गरेकी थिइन् । आरोपित राज्य मन्त्री वलीलाई एकराजको कोठाबाट नियन्त्रणमा लिइएको हाे । एकराजको श्रीमती र छोरीमाथि हातपात गरेको उजुरी परेपछि वलीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

मन्त्री आफैँ अर्काको घरभित्र गएर कुटपिट गर्नुका साथै लत्ताकपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । एकराजकी पत्नी मीनाले प्रहरीलाई दिएको बयानमा विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement