सभापतिमा पौडेललाई सर्वसम्मत नगरे मेरो उम्मेदवारी कायम रहन्छ : विमलेन्द्र निधि


काठमाण्डु – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वरिष्ट नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा सभापतिको उम्मदेरवार बनाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिका आकांक्षी समेत रहेका निधिले पौडेललाई सभापतिको लागि तय गर्ने विषयमा आफू सहमत भएको बताएका हुन् ।

उनले भने, “रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउन सकिन्छ भने प्रयास गरौँ, सर्वसम्मति हुन्छ भने म बाधक बन्दिनँ । शेरबहादुर देउवाले रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ,” । पौडेल पक्षले हालसम्म सभापतिको लागि साझा उम्मेदवार तय गर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement