पानीको देश नेपालमा पिउने पानीकै हाहाकार छ : विमलेन्द्र निधि

पानीको देश नेपालमा पिउने पानीकै हाहाकार छ : विमलेन्द्र निधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेपाल पानी नै पानी भएको देश भए तापनि पिउने पानीको हाहाकार भइरहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघद्वारा शनिबार जनकपुरधाममा आयोजित कार्याशाला गोष्ठीमा बोल्दै नेता निधिले शुद्ध पिउने पानीको व्यवस्था गर्न सरकारले वैज्ञानिक नीति अवलम्बन गर्न आवश्यक रहेको धारणा राखे ।

तराई मधेशका क्षेत्रहरूमा जमिनमुनि पानीको स्तर कम हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरू अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए ।

काठमाण्डुमा मेलम्चीको पानी आउने भन्दाभन्दै कैयौपटक प्रयास गरे तापनि अहिलेसम्म सहज रूपमा जनताले पानी पाउन नसकेको उनले गुनासो गरे ।

तराई क्षेत्रमा चुरे विनाशका कारण जमिनमुनिको पानीको स्तर घट्दै गएको उनले बताए । अब सरकारले नदी र झरनाको पानीलाई पिउन लायक बनाउने प्रविधि जडान गर्न उनले सुझाव दिए ।

नेता निधिले नेपाल खानेपानी संस्थानले अहिलेसम्म दिँदै आएको सुविधाको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा जनतालाई प्रदान गर्न आग्रह गरेका थिए ।