उडिरहेको विमानमा श्रीमान-श्रीमतीबीच झगडा भएपछि डाइभर्ट गरियाे


एजेन्सी- उडानका क्रममा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार दिल्ली डाइभर्ट गर्नुपरेको थियो । दिल्लीमा अवतरण गरेपछि यी श्रीमान-श्रीमतीलाई यो फ्लाइटबाट हटाइयो ।

समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको थियो ।

यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०.३० बजे भएको थियो । विमान अवतरण गरेपछि दुवैलाई तल झरेर टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, विमानका चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए ।

समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ । उडानकै क्रममा दुवैबीच झगडा भयो, त्यसपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरे । पाइलटहरूले एटीसीलाई ‘स्थिति र अनियन्त्रित यात्रु’ बारे जानकारी दिए।

एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराए र उनको हस्तक्षेप मागे। श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement