विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ परेका छन् ।

श्रम स्विकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भई विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको पाइएपछि पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो ।

अभिलेखसमेत नरहने गरी डिर्पाचर स्ट्याम्प लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement