बिमिस्टेकको चौथो शिखर सम्मेलन भदौमा तय


काठमाडौं– बिमिस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को सम्मेलन आगामी भदौ १४ र १५ मा काठमाडौंमा हुने जानकारी दिए । नेपाल विगत चार बर्षदेखी बिमिस्टेकको अध्यक्ष राष्ट्र हो ।

बिमिस्टेकमा पाकिस्तान बाहेक नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। यसको स्थापना सन् १९९७ मा भएको हो । बिमिस्टेकको तेस्रो सम्मेलन म्यानमारमा भएको थियो ।

बिमिस्टेकको लागी भारतलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरुको नेपाल भ्रमण हुनेछ । पुर्व निर्धारित कार्यक्रमअनुसार गत मार्चमै सम्मेलन हुनुपर्ने भएपनि नेपालमा भएको तीन तहको निर्वाचनका कारण सम्मेलन समयमै हुन नसकेको हो ।

बिमिस्टेकलाई भारतले सार्कको विकल्पका रुपमा अघि सार्ने प्रयास गरिरहेको कुटनितिक क्षेत्रका जानकारहरु बतांउछन् । पाकिस्तानका कारण सार्कमा भारतले भनेजस्तो नभएकोले यसलाई नै अघि बढाउने दिशामा भारत छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement