२६ वर्षकी विनिता खड्का कांग्रेसमा केन्द्रीय सदस्यको उम्मेदवार


काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विनिता खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी खड्काले बिहीवार उम्मेदवारी दिने घोषणा गरेकी हुन । उनि जम्मा २६ वर्षकी भएकी छन् ।

नेविसंघको पृष्ठभुमिबाट आएकी खड्काले खस आर्यतर्फको महिला कोटाबाट उम्मेदवारी दिन लागेकी हुन । रामेछापबाट उनले रामचन्द्र पौडेल पक्षबाट महाधिवेशन प्रतिनिधि जितेकी थिईन ।

उनले २०७४ को स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति गाउंपालिकाबाट उपाध्यक्षको उम्मेदवार बनेर दोस्रो भएकी थिईन । खड्काका बुवा भुवन खड्का र काका बद्री खड्का रापेछापका स्थापित कांग्रेस नेता हुन ।

उद्यमी समेत रहेकी खड्का कांग्रेसको १३ औं महाधिवशेनमा समेत २० वर्षको उमेरमै महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement