बाँसबारी जुत्ता कारखानाको जग्गा प्रक्रियासंगत रूपमै किनेको हो : विनोद चौधरी


काठमाण्डु – नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीले बाँसबारी जुत्ता कारखानाको जग्गा प्रक्रियासंगत रूपमै किनेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँ बानेश्वरको संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको बताए ।

सीजी होल्डिङ्सका अध्यक्ष तथा भाइ अरुण चौधरीलाई जग्गा हिनामिना आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि उनले सरकारले प्रतिशोध साँधेको आरोप लगाए ।

उनले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको गुनासो गरे । उनले भने, ‘लगानी सम्मेलन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement