बिम्स्टेक नीति सञ्जालको बैठक सम्पन्न

बिम्स्टेक नीति सञ्जालको बैठक सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को नीति सञ्जाल (बीइएनपीटीटी)को सातौं बैठक काठमाण्डुमा सम्पन्न भएको छ ।

३० र ३१ मईसम्म दुई दिन बसेको बैठकमा सबै बीइएनपीटीटी सदस्यहरूका सहभागिता थियो । ‘पर्यटन, संस्कृति र जनस्तरको सम्पर्क’ विषयमा केन्द्रित यो बैठक आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा)ले परराष्ट्र मन्त्रालयको सहयोगमा आयोजना गरेको थियो ।

बैठकमा पर्यटन र संस्कृतिको क्षेत्रमा सहकार्यका सम्भावना र जनस्तरको सम्बन्ध सुदृढ गर्दै तिनको भूमिका सम्बन्धमा छलफल भएको थियो ।

बिम्स्टेक क्षेत्रको शान्ति र समृद्धिका लागि जनस्तरीय सम्पर्कको महत्त्व र त्यसलाई प्रवद्र्धन गर्ने उपायहरूका बारेमापनि बैठकमा छलफल भएको छ ।

सन् १९९७ मा स्थापित बिम्स्टेकमा नेपाल २००४ देखि सदस्य राष्ट्र हो । यसमा नेपालसहित भारत, बंगलादेश, भूटान, श्रीलंका, म्यानमार र थाइल्याण्ड छन् ।

बिम्स्टेकले यातायात तथा सञ्चार, पर्यटन, प्रतिआतंकवाद तथा सीमा वारपार अपराध, वातावरण तथा प्रकोप व्यवस्थापन, ऊर्जा, जनस्वास्थ्य, गरीबी निवारण, जलवायु परिवर्तन, व्यापार तथा लगानी आदि विषयलाई प्राथमिकता दिएको छ ।