काठमाण्डु– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका ५ , आगलागीका ५, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए ।
ती घटनाबाट ७ परिवार प्रभावित भएका छन् । पहिरोका घटनामा २ जनाको मृत्यु भएको हो भने ५ जना घाइते भएका छन् । विपद्बाट १ करोड ९० लाख बराबरको क्षति भएको छ ।
गत वैशाख १ गतेसम्म हालसम्म देशभर २ हजार ३६१ विपद्जन्य घटना भएका छन् । ती घटनामा परी १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ८६९ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया