रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक सुरु

रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरुबीचको छलफल सुरू भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमक्ष प्रस्तुत गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बसेको हो ।

छलफलमा नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन्।

बैठकमा रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि केन्द्रित रहेर साझा धारणा निर्माण गर्ने र एउटा साझा धारणा बनाएर सत्तारूढ दलसँग पुनः छलफल गर्ने तयारी रहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको सचिवालयले जनाएको छ।

बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे,रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन्।