काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री विपिनकुमार आचार्यले गत २४ भदौ २०८२ को आन्दोलनलाई विध्वंसको संज्ञा दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले उक्त आन्दोलन विध्वंश भएको बताए ।
२४ गतेको विध्वंशले खरानी बनेका व्यापारिक संरचना निजी क्षेत्रले त्यसभन्दा बलियो तवरले पुनःनिर्माण गरिसक्दा जलेका सिंहदरबार भित्रका संरचना निर्माणको काम सुरु नभएकामा उनले चिन्ता जनाए ।
‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो उर्जा देखेर मलाई गर्व लाग्छ छ,’ आचार्यले भने, ‘जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु ।’
आचार्यले चालु आर्थिक वर्षको बजेट नयाँ संसद् भवनबाट सार्वजनिक हुने भनिएकामा आज पनि अस्थायी भवनबाटै आफ्ना कुरा राख्न बाध्य भएको उल्लेख गरे ।
राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद् भवन निर्माणको गति यति धेरै सुस्त रहेको अवस्थामा भोटेकोशी बाढीले क्षति पु¥याएको रसुवा र नुवाकोटका नागरिकले पुनः निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने भन्ने उनको प्रश्न थियो ।




प्रतिक्रिया