इजरायली राष्ट्रपतिले भने-विपिन जोशीको रिहाइका लागि प्रयास जारी छ

इजरायली राष्ट्रपतिले भने-विपिन जोशीको रिहाइका लागि प्रयास जारी छ


काठमाण्डु- इजरायलका राष्ट्रपति इज्याक हर्जाेगले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीका लागि हरसम्भव प्रयास भइरहेको बताएका छन् ।

इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति हर्जाेगले विपीन जोशीको सुरक्षित रिहाइको प्रयास जारी रहने बताएका हुन् ।

राष्ट्रपति हर्जाेगले राजदूत पण्डितसँग मंगलबार साँझ टेलिफोनमा कुराकानी गरेका थिए ।

राष्ट्रपति हर्जाेगले हमासद्वारा बन्दी बनाइएका अन्यका अलावा नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीको सक्दो प्रयास गरिरहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।