विप्लव समूहका पर्वत संयोजक धरौटीमा रिहा


पर्वत–नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसङ्गठन दलितमुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन्। अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

पर्वतको कुश्मा नगरपालिका–८ घर भएका परियारलाई कुश्मा नगरपालिका–१२ ठूली पोखरीबाट गत चैत १७ गते जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो । ठूलीपोखरी लगायतका क्षेत्रमा सङ्गठन विस्तार गर्दै हिँडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरीचौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

पर्वत प्रहरीले परियारलाई विप्लव नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्य विरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखी सरकारी वकिल कार्यालय पर्वतबाट राजद्रोह मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालत पर्वतका न्यायधीश सूर्यबहादुर थापाको इजालसले उतलाई बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement