विप्लवको बन्दमा सुरक्षा रणनीति, उपत्यकामा सेना परिचालन


काठमाडौं – प्रहरीले नेत्रविक्रम चन्द चन्द विप्लव समूहको बन्दलाई मध्यनजरलाई गर्दै काठमाडौं उपत्यकामा केन्द्रीत भरपर्दो सुरक्षा रणनीति अपनाएको छ ।

उपत्यकामा बन्दका क्रममा हुनसक्ने सम्भावित गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा निकायले सेना परिचलान गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दको प्रतिरोध गर्ने तयारीसमेत गरेको छ । विप्लव समूहको बन्द असफल पार्न सकाररले सुरक्षा रणनीति मार्गदर्शन समेत तयार पारेको बुझिएको छ ।

यस्तै उपत्यकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ रहेका छन् । सादा पोसाकमा खटिएका सुरक्षा अधिकारीले शंकास्पद स्थान र गतिविधिमाथि निगरानी राखेको बताइएको छ । यद्यपी सरकारको औपचारिक निर्णयबाट सेना परिचलान भने गरिएको होइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement