विप्लवलाई प्रचण्डले भने -यो ०५२ साल होइन,हामी ०७६ सालमा छौं


काठमाडौं  – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन् ।

आइतबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले घटना घटाएर परिवर्तन हुन्छ भन्नु भ्रम मात्रै हुने बताए । ‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिँड्ने यो अवस्था होइन,’ प्रचण्डले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो ।’

देशमा कम्युनिस्टलाई जनताले दुई तिहाइ मत दिएको र कम्युनिस्टकै सरकार रहेको उल्लेख गरेका प्रचण्डले वार्ता, संवादबाटै जाने सकिने वातावरण भएको बताए ।‘यो ०५२ साल होइन । हामी ०७६ सालमा पुगेका छौं । संसारले नेपालको शान्ति प्रक्रियालाई हेरेको छ,’ प्रचण्डले भने, ‘विप्लव लगायत सबैलाई राम्रैसँग चिन्छु । उहाँहरू गलत बाटो हिँड्दै हुनुहुन्छ भनेर मैले लगातार भन्दै आएको छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement