विप्लव नेता-कार्यकर्ता धमाधम पक्राउ

विप्लव नेता-कार्यकर्ता धमाधम पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा (विप्लव समूह) र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि प्रहरीले पक्राउ गर्ने क्रम रोकिएको छैन । पछिल्लो समय सरकार वार्ताप्रति अनुदार बन्दै गएको छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वार्तामा आए रातो कार्पेट बिछ्याउने बताए पनि गृह मन्त्रालयमातहतका सुरक्षा निकायले भने सो समूहका नेता-कार्यकर्ता पक्राउ गर्दै गएपछि वार्ताप्रति सरकार अनुदार बन्दै गएको देखिएको हो ।

असार २८ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन वार्ता समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयमा पठाएर समूहसँग वार्ता प्रक्रिया अघि बढाउने आशयको निर्देशन दिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।