धरौटी तिर्न नसक्दा विप्लवका एक कार्यकर्ता कारागार चलान


बैतडी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता कारागार चलान भएका छन् ।

पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी रु २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन्। बिहीबार जिल्ला अदालतले धामीलाई उक्त रकम धरौटी बुझाउन फैसला गरेको थियो ।

गत साउन १९ गते घरबाटै पक्राउ परेका धामीलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । धामी सो पार्टीका गाउँ कमिटी सदस्य रहेका थिए। उनले यसअघि साउन १५ गते राति पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडका साथै तालाबन्दी तथा चन्दा असुलीमा समेत संलग्न रहेको आरोप लागेको थियो ।

त्यस्तैै गत असार २३ पक्राउ परेका पाटन नगरपालिका–१० हतास घर भई नेकपाको विद्यार्थी संगठनका केन्द्रीय सदस्य श्यामप्रसाद भट्टविरुद्ध पनि प्रहरीले सार्वजनिक हितविरुद्धको मुद्दा चलाएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस
Advertisement