विप्लवका जनसरकार प्रमुख ढकाल पक्राउ


काठमाडौं – पश्चिम नवलपरासीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जनसरकार प्रमुख पक्राउ परेका छन् ।

सुनवल नगरपालिका वडा नं. १३ बडेरा घर भएका ७१ वर्षीया प्रेम ढकाल (पृथ्वी) लाई विहिबार राती प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनी विप्लव समूहका जिल्ला सदस्य समेत हुन् ।

विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी तनहुँ र रुपन्देहीका विभिन्न स्थानमा भूमिगत भएर काम गर्दै आएका थिए । घर परिवारसँग भेट गर्न पुगेको बखत पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement