विप्लवका कार्यकर्ताले प्रहरी राईलाई समातेर मारेको खुलासा


काठमाडौं – भोजपुरमा बुधबार प्रहरी र विप्लव समूहबीच भिडन्त भएको बताइए पनि उक्त घटना भिडन्त नभएको खुलासा भएको छ ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले प्रहरी जवानलाई नियन्त्रणमा लिएर गोली हानेको रहस्य खुलेको हो ।

विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा घुमुवाका रुपमा कार्यरत सञ्जिव राईलाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेश थापाका अनुसार अनुसार सदरमुकाम नजिकै बुधबारे हटियामा विप्लव कार्यकर्ता रहेको सूचनाका आधारमा प्रहरी टोली बुधबार बिहान गस्तीमा गएको थियो ।

गस्ती टोलीभन्दा केही अगाडि रहेका राईलाई विप्लव कार्यकर्ताले समातेर कञ्चटमा गोली हाने । राईको घटनास्थलमै मृत्यु भयो ।  पछिपछि आइरहेको गस्ती टोलीले राई गोलीले ढलेको देख्नेबित्तिकै फायर खोलेको थियो । गोली विप्लव समूहका निरकुमार राईलाई लाग्यो । उनी पनि त्यहीं ढाले । निरकुमारले नै प्रहरी जवान सञ्जिवमाथि गोली हानेका थिए ।

यता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि विप्लवका कार्यकर्ताले प्रहरीमाथि गोली हानेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement