मुलुकका तीनै सुरक्षा संयन्त्र लाग्यो ‘विप्लव’ र ‘प्रकाण्ड’को खोजिमा


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाको अपराधिक गतिविधि बढ्दै गइरहेका कारण महासचिव विप्लव र उनका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रहरीको खोजीमा परेका छन् ।

एक उच्च प्रहरी अधिकारीका अनुसार नमुलुकका तीनै सुरक्षा संयन्त्र राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले महासचिव ‘विप्लव’ र प्रवक्ता ‘प्रकाण्ड’को सेल्टर खोज्न थालेको छ । जसका लागि तीनवटै संगठनको विशेष टिम सक्रिय रहेको बताइएको छ ।

विप्लव र प्रकाण्डलाई मात्रै समात्न सके सो समूह पूरै कमजोर हुने सरकारको निष्कर्ष रहेको ती प्रहरी अधिकारीले बताए । त्यसमाथि उनीहरुका विस्फोट, आगजनी लगायतका गतिविधि रोकिएका छैनन् । विप्लव र प्रकाण्डविरुद्ध देशका विभिन्न जिल्लामा मुद्दाहरु छन् ।

प्रकाण्ड यसअघि पक्राउ परेर छुटेका थिए भने कानूनको नजरमा विप्लव फरार सूचीमा छन् । भोजपुर जिल्ला अदालतमा विप्लवविरुद्ध बम विस्फोटसम्बन्धी मुद्दा दायर छ । सुरक्षा सूत्रका अनुसार नेता प्रकाण्ड उपत्यका आसपासकै जिल्लामा छन् भने विप्लवले सेल्टर परिवर्तन गर्दै हिँड्ने गरेका छन् ।

पछिल्लो समयदेखि सरकार र विप्लव समूहबीच वार्ताको वातावरण बनिरहेको चर्चा चले पनि विप्लव समूहले विज्ञप्ति नै जारी गरेर वार्तालाई ‘बकवास’ भनेपछि वार्ताको चर्चा सेलाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement