विप्लव समूहका नेता ओमप्रकाश पुन र उनकी पत्नी पक्राउ


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो तथा मेची महाकाली व्यूरो इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् ।

प्रहरीले उनलाई कैलालीको कनरीबाट पक्राउ गरेको हो । प्रहरीले पुनसँगै उनकी पत्नि पूर्णिमा धामीलाई समेत पक्राउ गरेको छ । धामी नेकपा अनेमसंघकी नेतृ हुन् ।

सरकारले चन्द समूहलाई कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिवन्ध गरेको छ । त्यसपछि नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement